महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा'धरहरा'मा मैनबत्ति
Advertisement

काठमाडौ, वैशाख २४ - महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा राजधानीका विभिन्न भागमा आज साँझ मैनबत्ति बालिएको छ ।

विनाशकारी महाभूकम्पले देशभरि ७ हजारभन्दा बढीको ज्यान लियो । राजधानीका धरहरालाई ध्वस्त पार्नुका अलावा यसले तीनवटै दरबार स्क्वायर लगायत धेरै ऐतिहासीक धरोहरहरुमा पनि क्षति पुर्‍यायो ।
सुन्धारा र सानेपामा ज्यान गुमाउने मानिसहरूका साथै भत्किएकाे धरहराकाे पनि स्मृतिमा धराहराकाे मुर्ति बनाएर त्यसमा पनि मैनबत्ति बालियाे ।
बिहीबार साँझ माइतिघर मन्डला, सुन्धारा, बसन्तपुर, सानेपालगायत स्थानमा मैनबत्ति बालेर  प्राण गुमाउनेहरुको सम्झना गरियाे । source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...