-आखिर हुने नै भयो सलमानसँग शाहरूखको वक्स अफिस भिडन्त
Advertisement
केही दिन अगाडी बलिउडका दुई पावर हाउस सलमान खान र शाहरूख खानको आगामी वर्ष इदमा वक्स-अफिसमा भिड्न लागेको खबर बाहिरिएको थियो। आगामी इदमा सलमानको 'सुल्तान' र शाहरूखको 'रईश' भिड्ने उक्त खबरको पुष्टि भने सो समयमा भएको थिएन। 'रईश'का निर्माता रितेश सिध्वानीको ट्वीटले उनीहरुको सम्भावित भिडन्तलाई पुस्टि गरेको छ। सिध्वानीले ट्वीटमा आगामी वर्षको इदमा शाहरूखको 'रईस' रिलिज हुने बताएका हुन्।
सलमानको 'सुल्तान' एक कुस्तीबाजको कथामा आधारित रहेको छ भने शाहरूख खानको 'रईस' एक्सन थ्रिलर फिल्म हो। दुबै खानको वक्सअफिस भिडन्त हेर्नलायकको हुने अनुमान गरिएको छ। वक्स अफिसमा यी दुई खानको भिडन्त हुन लागेको यो पहिलो अवसर भने होइन। यस अघि सन् २००६ मा पनि सलमानको 'जानेमन' र शाहरूखको 'डन' आपसमा भिडेका थिए।source kala.setopati

Advertisement