४१ लागिन् करिश्मा, जान्नुहोस् उनको जीवन रहस्य
Advertisement
फिल्म 'मेरी कोम' को सफलतापछि प्रियंका चोपडाको करिअरको ग्राफ बढ्दै गएको छ। फिल्म 'दिल धडकने दो' पछि फिल्म 'बाजीराव मस्तानी' मा प्रियंका देखिनेछिन्। उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानीः
आजभोलि तपाईंका हलिउड प्रोजेक्ट चर्चामा छन्। तपाईंको मन कहाँ बढी रम्छ? हलिउड कि बलिउडमा?
एउटा कलाकारका रूपमा मैले यतिमात्रै सिकेकी छु कि, माध्यम जुनसुकै भए पनि काम गर्दा 'पर्फेक्ट' हुनुपर्छ। हलिउडबाट मैले धेरै कुरा सिकेकी छु। तर, बलिउडमा काम गर्दा म मनभित्रैबाट गर्छु। हलिउड प्रोजेक्टमा दिमाग लगाउँछु भने बलिउडमा मन। त्यसैले जहाँ गए पनि म भावनात्मक रूपमा बलिउडसँगै जोडिएकी हुन्छु।
'दिल धडकने दो' जस्तो मल्टिस्टार फिल्म किन रोज्नुभएको?
यसको सरल उत्तर यही हो कि यो एउटा फिल्मको कथा हो। मलाई खूब मन पर्योो। पारिवारिक मनोरञ्जनका कुरा गर्दा धेरै फिल्म उपदेशमा बदलिन्छन्। कतिपय फिल्मले हामीलाई जीवन जिउन सिकाउँछन्। जीवनमा के सही हो र के गलत हो? भन्ने कुरा सिकाउँछन्। 'दिल धडकने दो' फरक किसिमको फिल्म हो। फिल्ममा कुनै उपदेश छैन। यसका केही दृश्य देखेर धेरैले भनेका होलान्– यो त मेरो घरमा पनि हुन्छ। यस फिल्ममा जोया अख्तरले ह्युमरलाई राम्ररी प्रस्तुत गरेकी छिन्। त्यसैले फिल्मका लागि नाइँ भन्ने कुरै आउँदैनथ्यो।
एउटा फिल्ममा तपाईं रणवीर सिंहकी बहिनी बन्नुभएको छ, अर्कोमा श्रीमती। दुइटै फिल्मको सुटिङ सँगै भयो। यस्तोमा एउटै मानिससँग दुई सम्बन्धको भूमिका निर्वाह गर्नु कत्तिको गाह्रो भयो?
'दिल धडकने दो' र 'बाजीराव मस्तानी' फिल्मको सुटिङ सँगै भएकाले निकै तनाव भयो। तर, पनि काम भनेको काम हुन्छ। दुवै भूमिकालाई न्याय पनि गर्नु थियो। यस्तो बेलामा रणवीरले मलाई धेरै सहयोग गरे। हामीबीचको ट्युनिङ राम्रो छ। उनको सहयोगले अवस्था धेरै जटिल हुन पाएन। हामी दुवैले दुवै फिल्ममा सय प्रतिशत दिने प्रयास गरेका छौँ।
फिल्ममा तपाईं आफ्ना अभिभावकको चाहना पूरा गर्दै हुनुहुन्छ। के वास्तविक जीवनमा पनि यस्तै हुनुहुन्छ?
हरेक परिवारको चाहना हुन्छ कि उनीहरूका छोराछोरी पढेर राम्रो काम गरून्। मेरो परिवारमा पनि सबै उच्च शिक्षा प्राप्त मान्छे छन्। आमाबुबा मलाई डाक्टर बनाउन चाहन्थे। डाक्टर परिवारमा जन्मे पनि मलाई यो काम सहज लागेन। मैले आमाबुबालाई डाक्टरी पढ्दिनँ भनेँ। गणित र भौतिक विज्ञान विषयमा रुचि भएकाले म एयरोनोटिकल इन्जिनियर बन्न चाहन्थेँ। तर, मेरा लागि जीवनका योजना केही फरक थिए। कक्षा १२ पछि मिस इन्डिया, त्यसपछि मिस वर्ल्ड बनँे। यसपछि केही फिल्ममा पनि काम गरेँ। मेरो हजुरआमालाई धेरै पछुतो थियो। किनकि, उहाँलाई मेरो चिन्ता थियो। उहाँ जहिले पनि भन्नुहुन्थ्यो– 'तँलाई एउटा रोटी पकाउन त आउँदैन। त्यसमाथि अभिनेत्री बनिस्। अब कसले गर्छ तँसँग बिहे?'
तपाईं बुबासँग धेरै नजिक हुनुहुन्थ्यो। 'दिल धडकने दो' फिल्म परिवारमा आधारित फिल्म हो। फिल्मको सुटिङताका वास्तविक जीवनबाट पनि प्रेरणा लिनुभयो कि?
रियल लाइफलाई रिल लाइफसँग दाँज्ने आवश्यकता कहिल्यै परेन। म सुटिङका अनुभव कसैसँग बाँड्दिनँ। मलाई लाग्छ– यसो गर्दा म आफैँ असंयमित हुन्छु होला। म सुटिङमा जान्छु, जहाँ मलाई निर्देशकले दिशा बताउँछ। म त्यसै दिशातिर केन्द्रित हुन्छु। र, मेरो प्रयास राम्रोभन्दा राम्रो काम गर्ने हुन्छ।
फिल्मको नाम 'दिल धडकने दो' जस्तै तपाईंको दिल चाहिँ के कुराका लागि धड्किन्छ?
मेरो दिल हरेक सिनभन्दा अगाडि जब सट रेडी र एक्सन भनिन्छ, त्यतिबेला जोडजोडले धड्किन्छ।
-source nagariknews
Advertisement