केटीहरुबीच काखीमा रौं राख्ने प्रतियोगिता (फोटो फिचर)
Advertisement
पछिल्लो समयमा सौन्दर्य चेत यति धेरै बढेको छ कि मानिसहरु टाउकोमा बाहेक अन्यत्र रौं राख्न मन पराउँदैनन् । हरेक अंगमा रौं सफा गर्ने प्रविधी पनि आइसकेको छ ।
तर चीनमा भने अनौठो प्रतियोगिता चलिरहेको छ । काखीमा रौं राख्ने प्रतियोगिता । चीनकी महिला अभियान्ता शियाओ मेली भन्छिन्ः “केटीहरु सामन्यतः काखीको रौंको विषयमा चिन्तित रहन्छन् । किन भने त्यो राख्दा दुर्गन्धको चिन्ता हुन्छ । र फोहोरी देखिन्छ ।”
शियाओले महिलाहरुलाई शरीरको अधिकार दिलाउनका लागि चीनको लोकप्रिय माइक्रो ब्लग वेबोमा काखीमा रौं राख्ने प्रतियोगिता शुरु गरेकी छिन् । उनी भन्छिन् “हामीलाई हाम्रो शरीरुलाई स्वभाविकरुपमा राख्ने अधिकार हुनु पर्छ । रौं बढ्छ भने त्यसलाई स्वीकार गरौं” ।
शियाओ भन्छिन् महिलाहरुले आफ्नो शरीरको विषयमा आफै फैसला गर्न पाउनु पर्छ । हुन त शरीरमा रौं हुनुलाई पुरुसत्वको संकेत मानिन्छ तर चीनमा भने परंपरागत धारणा अनुसार काखीमा रौं हुनु राम्रो मानिन्छ ।
‘रहस्यमय र आकर्षक’
चीनमा सबैभन्दा लोकप्रिय रहेको कन्फ्युशियस धर्मका प्रणेता कन्फ्युशियसले शरीर, कपाल र त्वचा माता पिताले दिएका कुरा हुन् यसलाई नोकशानी गर्नु हुँदैन भनेका छन् ।
चीनमा चलिरहेको यो प्रतियोगितामा फिल्मका अभिनेत्रीहरु समेत खुलेर आएका छन् । कतिपय महिला भने यो प्रतियोगितालाई अनावश्यक भनेका छन् ।
विविसीको रिपोर्टमा आधारित - nepaliheadlines

Advertisement



