.दुई श्रीमति भएका गोर्खाली अविवाहित छु भन्दै बेलायती महिलासंग विहे गरेपछि ...
Advertisement
एकजना बेलायती महिलाले नेपालमा दुई श्रीमति भएका एक भूतपूर्व गोर्खाले आफुलाई अविवाहित छु भन्दै झुक्याएर बिहे गरेको आरोप सार्वजनिक गरेकी छन । बेलायती अखबार मिररमा प्रकाशित समाचार अनुसार विवाह गरेको दश वर्षपछि मात्रै उनले आफनो श्रीमानले आफुसंग बिहे गर्नुअघि नै दुई वटा श्रमितिसंग बिहे गरिसकेको तथ्य पत्ता लगाएको दाबी गरेकी छन । ५१ वर्षिय बेलायती महिला अमाण्डाले दाबी गरेअनुसार उनी सन २००४ मा गोर्खा बाबुराम राईसंग विवाहबन्धनमा बांधिएकी थिइन । सन १९९५ मा पहिलोपटक भेटेका उनीहरुको केहि वर्षको प्रेमसमबन्धपछि बिहे भएको थियो ।
साउथ वेल्सको न्यपोर्टकी अमाण्डाले पति राईले इमेलमा आफुलाई बेलायती श्रीमतिबाट दिक्क लागिसकेको र नया नेपाली युवति चाहिएको भन्ने सन्देश लेखेको देखेपछि उनीमाथि शंका सुरु गरेको बताइन । त्यसपछि पतिको फेसबुक खोलेर हेर्दा उनले नेपालकी आफनी एक श्रमितिलाई सम्बन्धविच्छेदका लागि फकाउन उनका दाईलाई सन्देश पठाएको भेटाइन । विहेको एक दशकभनदा लामो समयपछि आफनो पतिको विगतबारे थाहा पाउंदा उनले ‘छांगाबाट खसेझैं ‘ भए भनेकी छन ।
बाबुराम राई –
सबै सन्देशहरु पढिसकेपछि पनि ४६ वर्षिय राईले आफनो नेपालमा बिहे नभएको ढिपी कसिरहेको तर पछि पछि उनी कार्यरत सेनालाई सोधेपछि नेपालमा उनको दुई विवाह भइसकेको प्रमाण फेला परेको अमाण्डाको भनाइ छ । सेनामा दुवै विवाहको रेकर्ड छ तर सम्बन्धविच्छेद भने नभएको नदेखिएको छ । अमाण्डाका अनुसार उनीहरुको विहेको केहि समयपछि राईले आफनो छोरा भन्दै उक सात वर्षे बालकलाई घरमा ल्याएका थिए । तर त्यतिबेला पनि आफनो बिहे नभएको भन्दै उनले सत्यता लुकाएका थिए । अमाण्डाले नै हुर्काएका राईका छोरा अहिले बाबुसंगै बस्ने गरेका छन ।
अमाण्डा –
रहस्यको पर्दा खुलेपछि गत वर्षदेखि राई र अमाण्डा अलग बसिरहेको र उनीहरुबीचको विवाह खारेज गर्नका लागि अमाण्डाले आवेदन गरेको मिररले लेखेको छ । सन २००४ मा बेलायती सेनाबाट अवकाश लिएका राई अहिले न्युपोर्टमा लरी ड्राइभरको काम गर्दै आएको बताइएको छ ।
source imagekhabar.
Advertisement