-४० वर्ष टिक्ने बाँसको घर..सस्तो सुलभ साथै भरपर्दो बलियो..
Advertisement

भूकम्पपछि बजारमा के कस्ता घर निर्माण गर्ने  भन्ने चर्चा बाहिर आइरहँदा ‘हिमालय बेम्बो प्रालि’ले करिब पाँच लाखमै ४० वर्ष टिक्न सक्ने बासको घर निर्माण गर्न सकिने जनाएको छ । सामान्यत ३ सय ६० वर्गफिटमा दुईवटा बेडरुम, एउटा किचेन, एउटा शौचालय  र बरन्डा  बनाउन सकिने सस्थाका प्रमुख कुशकुमार जोशीले बताए ।


ग्रामिण भेगलाई लक्षित गरि अझै कम लागतमा र शहरी क्षेत्रमा एक करोड सम्मको आधुनिक घर बनाउन सकिने उनले बताए ।

यस प्रकारको घर बनाउँदा स्थानीय स्तरमा उपलब्ध हुने बाँसको सदुपयोग गरेर  सहज तरिकाले घर निर्माण हुने उनको भनाई छ । यस्ता घर निर्माण गर्दा स्थानीय युवाहरुलाई रोजगारी समेत मिल्ने जोशीको दावी छ  ।

यसरी बाँसको प्रयोग गरेर बनाइएको घरको लागत प्रति वर्गफिट एक हजारदेखि १६ सय रुपैयाँसम्म लाग्ने अन्तराष्ट्रिय प्राविधिक विशेषज्ञ डा श्याम कृष्ण पौडेलले जानकारी दिए । उनले भने ‘यसरी कम लागतमा बन्ने घरको भित्ताहरुमा जुनसुकै बाँसको प्रयोग गर्न सकिन्छ र त्यसमाथि माटो लेपन वा सिमेन्ट प्लास्टर पनि गर्न सकिन्छ।’

अन्य ठाउँमा भने बाँसलाई केमिकल ट्रिटमेन्ट गरेर प्रयोग गर्न सकिन्छ भने जगमा सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर जग बलियो बनाउनुपर्छ। कम्पनीले १३ वर्षअघिदेखि २ सय यस्ता घरहरु निर्माण गरिसकेको छ। नेपालमा पाइने ५० प्रजातिका बाँसमध्ये माल बासलाई यस खालको घर निर्माण गर्नको लागि बढि प्रयोग हुने पौडेलको भनाई छ । सामान्यत एउटा घर निर्माणको लागि एक सय ५० वटा बासको प्रयोग  हुने पौडेलले जानकारी दिए ।

साथै यसरी निर्माण भएका घरमा अहिले सम्म कुनै कमजोरी नदेखिएको कम्पनीको दावी छ कम्पनीले जानकारी दिएअनुसार यसरी बनाईएको घर पुर्ण रुपमा भूकम्प प्रतिरोधात्मक हुन्छ ।
यस्ता घरहरु वातवरण मैत्री हुनुका साथै निर्माण अवधि  समेत कम लाग्छ। ७ जनाले १५ दिन मानै यो घर बनाउन सकिने कम्पनीको भनाई छ।

घर बन्ने प्रक्रिया (फोटो)

Source:Kinmelpati

Advertisement



प्रतिक्रिया दिनुहोस्...