.जासुसी आरोपमा सेभ द चिल्ड्रेनलार्इ देश छाड्न आदेश
Advertisement

जासुसी गरेको आरोप लगाउँदै पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनलार्इ देश छाड्न आदेश दिएको छ ।


बिहीबार अन्तर्राष्ट्रिय सहयोग एजेन्सी सेभ द चिल्ड्रेनलार्इ पाकिस्तान विरोधी गतिविधिमा सहभागी भएको जनाउँदै देश छोड्न आदेश दिएको हो ।
पाकिस्तान सरकाले देश छाड्नका लागि सेभ द चिल्ड्रेनलार्इ १५ दिनको समयसिमा दिएको छ ।

पुलिसका अनुसार राजधानी इस्लामावादस्थित संगठनको राष्ट्रिय कार्यालयमा समेत सिल गरेको छ । कार्यालय सिल गरेपछि सो अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका कर्मचारीलार्इ १५ दिनभित्रमा देश छाड्न भनिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसासर पाकिस्तानी गृह मन्त्रालय सेभ द चिल्ड्रेनलार्इ देशविरोधी गतिविधि गरेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेभ द चिल्ड्रेनले बालबालिकालार्इ पोलियो थोपा खुवाउने नाममा अलकायदाका नेता ओसामा विन लादेनको हत्या गराउन सघाएको आरोप लागेको छ ।

सिल गरिएको सेभ द चिल्ड्रेनको कार्यालय अगाडि पाकिस्तानी प्रहरी
ओसामालार्इ सन् २०१२ मा पाकिस्तानको क्वेटा सहरमा हत्या गर्ने योजनाका लागि जासुसी गरेर अमेरिकन एजेन्सी सिआइएलार्इ सूचना दिएको आरोप समेत लागेको थियो ।

सेभ द चिल्ड्रेनले भने पाकिस्तान सरकारको आरोपलार्इ झुटो भन्दै तीब्र आपत्ति जनाएको छ । उसले जासुसीको प्रमाण ल्याउन पनि चुनौती दिएको छ ।
-source annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...