-एनसेलको दैनिक प्याकमा दुईगुना डेटा भल्युम
Advertisement

काठमाडौं : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विद्यमान शुल्कमै दैनिक प्याकेजमा दुईगुना डेटा भल्युम प्रदान गर्न थालेको छ।


भूकम्पपछि पुनर्निर्माणको चरणमा डेटाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले ग्राहकलाई सुलभ दरमा थप डेटा उपलब्ध गराउन एनसेलले एकको दुई अफरलाई स्थायी सेवा बनाएको छ।

नयाँ योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले पुरानै मूल्यमा दोब्बर भल्युमको दैनिक डेटा प्याक दिइएको छ।

नयाँ योजना लागू भएसँगै ग्राहकले करबाहेक ६ रुपैयाँमा ६ एमबी, ९ रुपैयाँमा १२ एमबी, १२ रुपैयाँमा १८ एमबी र २० रुपैयाँमा ४० एमबी डेटा पाउनेछन्। एकको दुई योजना जेठमा सकिएको थियो।

'योजना अवधि सकिए पनि भूकम्पले उत्पन्न गरेको परिस्थितिलाई हेरेर आफ्ना ग्राहकलाई सरल सुलभ रूपमा इन्टरनेट सुनिश्चित गर्न उक्त अफरलाई स्थायी सेवा बनाएका हौं', एनसेलका कर्पोेरेट संवाद विज्ञ मिलन शर्माले भने।
source annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...