बिना इन्टरनेट नै अब मोबाइलमा यस्तो सुविधा !
Advertisement
काठमाडौं । गुगल म्यापको प्रयोग गर्नेहरुका लागि अब सहज हुने भएको छ । गुगल म्यापको प्रयोग गर्नेहरुले अब इन्टरनेट बिना पनि यसको प्रयोग गर्न सक्नेछन् ।
इन्टरनेटको सुविधा नभएको स्थानमा भने यसको प्रयोग हुदैन थियो । गुगलले अब यसलाई सुधार गर्दै बिना इन्टरनेट पनि चल्ने बनाउन लागेको हो ।
गुगलका इन्जिनियरिङ विभाग जेन फिट्जपैट्रिकले अफलाइन भएको समयमा पनि प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् भने डाटा खर्च नहुने बताएका छन् ।
अफलाइनमै भएको बेलापनि गुगल म्याप प्रयोगकर्ताले विभिन्न स्थानको समीक्षाहरु समेत हेर्न सक्ने उनको भनाई छ ।
प्रयोगकर्ताहरु अफलाइन भएको समयमा पनि आवाजसहितको दिशा प्राप्त गर्न सक्नेछन् । गुगलले यसको घोषणा आफ्नो वार्षिक कार्यक्रममा गरेको हो ।

Advertisement



