अमेरिकामा यसरी मारिएकी थिइन् नेपाली चेली (विश्वभरी हेडलाइन)
Advertisement

२० जेठ, काठमाडौं ।

नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठलाई हत्या गर्ने एक समलिङ्गी युवतीलाई अमेरिकाको अदालतले ८५ वर्षको जेल सजाय सुनाएको छ ।


समानता श्रेष्ठ (बायाँ) र हत्या अभियोग लागेकी जेसिका (दायाँ)

समानताको हत्या गरेको स्वीकार गरेकी २२ वर्षीया जेसिका मिशेल विङ्गलाई भर्जिनियास्थित मोन्टग्गमरी काउन्टी सर्कुट अदालतलले जेल सजाय सुनाउँदा हत्या भएकी समानताकी आमा राजश्री श्रेष्ठ भक्कानिँदै थिइन् ।

Samanta murder in US 1

अदालतमा रुँदै समानताको हत्यारा जेसिका

Samanta murder in US 2

जेसिकालाई अदालतमा ल्याइँदै


 Samanta murder in US 4 Samanta murder in US 5अदालतमै भक्कानिँदै समानताको आमा राजश्री श्रेष्ठ

गत वर्षको फेब्रुअरीमा भएको यो हत्याकाण्डपछि समानताकी मिल्ने साथी जेसिका पक्राउ परेकी थिइन् । जेसिकामाथि हत्याको ८० वर्ष र हत्याको प्रमाण नष्ट गर्ने खोजेको अभियोगमा थप ५ वर्ष गरी ८५ वर्षको जेल सजाय सुनाएको हो ।

समानताको हत्यामा अदालतले फैसला सुनाएपछि यो विषयमा संसारभरी हेडलाइन बनेका छन् । खासमा नेपाली चेली समानताको हत्या उनको यौनिक ब्यवहारका कारण भएको चर्चा अन्तराष्ट्रिय सञ्चार माध्यमले जेसिकाले दिएको बयानका आधारमा गरेका छन् । #nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...