आधी घण्टा पनि नहुदै लगातार दुई पटक भूकम्पको ठुलो झड्का
Advertisement
१६ असार, काठमाडौं ।
विनाशकारी भुकम्पका पराकम्पन गईरहँदा केन्द्र्विन्दु बन्ने गरेका जिल्लाका मानिस अझै त्रसित छन् । गोरखाको वारपाकलाई केन्द्र बनाएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भुकम्पपछि दुई महिना नाघिसक्दा पनि त्यसका पराकम्पनहरु गईरहेका छन् । ठुलो भुकम्प गएको ६८ औं दिन आजपनि बिहानै दुईपटक भुकम्पका पराकम्पनहरु गएका छन् ।
बिहान ३ बजेर ३३ मिनेट जँदा सिन्धुपाल्चोक र ९ बजेर १२ मिनेटमा दोलखा केन्द्र भएर ४ रेक्टर स्केलका पराकम्पनहरु गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यो सहित ४ रेक्टरभन्दा माथिका ३ सय ४० वटा पराकम्पन गएका छन् ।
अधिकास पराकम्पनहरु दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, केन्द्र भएर गएका छन् भने केही पराकम्पनका केन्द्रविन्दु रामेछाप, ललितपुर र मकवानपुरका सिमाना, काठमाण्डौ समेत बनेका छन् । ठुलो भुकम्पबाट हजारौ पिडीतहरुले आफ्ना परीवार, आफन्तसँगै धनसम्पत्ति गुमाएका थिए ।
आफ्नै पहल, सरकार, विभिन्न स्वदेशी तथा विदेशी सँघसँस्थाको सहयोगमा विस्तारै पुर्नवासतिर लागेका भुकम्प पिडीतहरु लगातार आईरहेका पराकम्पनहरुले झस्कीरहेका छन् । दिनदिनै आउने पराकम्पनका कारण पिडीतहरुले ढुक्क भएर भत्किएका आफ्ना भौतिक सँरचनाहरु पुननिर्माण गर्न सकिरहेका छैनन् ।
भुकम्पवीद्हरुले पनी ठुलो भुकम्पपछि त्यसका पराकम्पनहरु महिनौँदिनसम्म गईरहने भएकाले चर्किएको जोखिमयुक्त घरभित्र नवस्न सुझाव दिएकाले हजाराँै पिडीतहरु अझैपनी खुला आकाशमुनी बस्न दिनरात विताईरहेका छन् ।
भुकम्पका कारण जमिनहरु धाँजा फाटेका ठाउँहरुमा केही दिनदेखी पानी परीरहेकाले पहिरो गईरहेका छन् भने कैयौँ ठाउँहरु पहिरोको उच्च जोखीममा छन् । पहिरोको जोखीम रहेका पहाडी जिल्लाका केही मानीसहरु सुरक्षित स्थानको खोजी गर्दै गाउँ छाडीरहेका छन् भने सरकारले पनी अति जोखीममा रहेका ठाउँहरुको वस्ती अन्यत्र सार्ने तयारी गरेको छ ।स्रोत : नेपाली हेडलाइन्स
Advertisement