-फेसबुकमा नभेटिएपछि १० बजे राती फोन गर्न भनिन् लोक गायिका बिष्णु माझीले हेर्नुहोस भिडीयो
Advertisement
खड्काले कोरेको डेउडा लयमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् । सुदूर र मध्यपश्चिम क्षेत्रका सांस्कृतीक कार्यक्रम तथा चाड पर्वमा गाउने गरिएको देउडा गीत सबै क्षेत्रका स्रोताले बुझ्न सक्दैनन् । तर, सुन्दा निक्कै कर्णप्रिय लाग्ने देउडालाई सबैले बुझ्नसक्ने गरि तयार पारिएको गायक बिनोद बाजुरालीले बताएका छन् । ‘देउडाको सङ्गीत सुन्दा असाध्यै सुमधुर पनि पछिल्लो समय संकटमा परेको छ । अब खड्का जस्ता युवापुस्ता बिस्तारै देउडा तर्फ आकर्षित भएकाले यस्ता खालका गीतले पुन : देउडा संस्कृतिको विस्तार र संरक्षणमा सघाउने बाजुरालीको भनाई छ ।
बिशेषत लोक गायन र ‘एरेञ्ज’मा जमेका गायक बाजुरालीले प्रत्येक वर्ष एउटा देउडा गीत बजारमा ल्याउँदै आएका छन् । यसअघि ‘कर्णाली पुल’ भन्ने देउडामार्फत नयाँ पुस्तालाई देउडा सुन्ने बनाएका उनी यो गीतबाट झनै आशावादी रहेका छन् । यो देउडा गीतको म्य’जिक भिडियोमा पर्दामा जमेका जोडि शङ्कर विसी र पार्वतीलाई फिचरिङ गरिएको छ । राजेश घिमिरेले खिचेको भिडियोमा राजधानीको बसन्तपुरको दृष्य समावेश गरिएको छ ।
Advertisement