.तालिवानद्वारा अफगानिस्तानको जिल्ला कब्जा, बालबालिका र महिलाको भागाभाग
Advertisement
काठमाडौं, आषाढ ६ । अफगानिस्तानमा महत्वपूर्ण मानिएको कुन्दूज प्रान्तको चारदारा जिल्ला तालिबानले कब्जामा लिएको छ ।
तालिबानको हातबाट उक्त जिल्ला फेरि आफ्नो नियन्त्रणमा लिन फौज पठाइएको प्रान्तीय प्रहरी प्रवक्ता सय्यद सरवर हुसैनीले समाचार संस्था एपीलाई जानकारी दिएका छन् ।
प्रान्तीय मूख्यालय र विमानस्थलनजिकैको उक्त स्थान रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।
दुई दिनसम्म प्रान्तीय सुरक्षा फौजसँगको लडाईपछि तालिबान लडाकूले शहर कब्जामा लिएका हुन् ।
लडाईको चेपुवामा परेका बालबालिका र महिलाको भागाभाग भएको छ ।आक्रमणमा सुरक्षा फौजतर्फ तीन जना मारिएको र केही घाइते भएको बताइएको छ । तालिबानी लडाकू भने १७ जना मारिएका छन् । -source nponlinesansaar
Advertisement