ताप्लेजुङमा शुक्रबार राति अर्को पहिरो/ मेची राजमार्गमा यातायात ठप्प
Advertisement

मेची राजमार्गमा यातायात ठप्प
ताप्लेजुङ : बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै शुक्रबार राति ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ ।

पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाएलगत्तै शुक्रबार राति पुर्वीक्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन् ।

शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् ।

ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।

सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ ।

पहिरो खोल्साहरु लेदोसहित बग्दा झन     त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

पहिरोबाट घाइते बालकको उपचार गरिँदै
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।
हेलिकोप्टरबाट खोजी तथा उद्वार

वेपत्ताको खोजी, उद्धार र राहतका लागि शुक्रबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावितक्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।

रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए ।

पहिरोमा पुरिएकाको खोजी गरिँदै
उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।

बिहानैबाट हेलिकोप्टर परिचालित
प्रतिकुल मौसमले हिजो पहिरो प्रभावित क्षेत्रमा जान नसकेको हेलिकोप्टर शनिबार विहानैवाट खोज र उद्धार र राहतका लागि परिचालन गरिएको छ ।

हेलिकोप्टरले खोक्लिङ, थिङलावु लगायतका ठाउँमा राहत सामाग्री झारेको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए ।

आज मौसममा केही सुधार आएकोले राहत, उद्धार र वेपत्ताको खोजीलाई प्रभावकारी बनाइने प्रजिअ निरौलाको भनाइ छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...