-कसले कती झुट बोल्छ ? थाहा पाउनुहोस्
Advertisement
मानिसले कस्तो अवस्थामा झुट बोल्छ होला ? आफु समस्यामा परेका बेला वा आफु अरुको सामु आफ्नो व्यक्तित्व कायम राख्नको लागि । कोही मानिसको त झुटो बोल्ने बानी नै हुन्छ । औसतमा कति मानिसले झुट बोल्छन् होला त ?
हालसालै एक अध्ययनले तीनमध्ये एक मानिसले हरेक दिन एकपटक झुट बोल्ने गरेको पत्ता लगाएको छ । पुरुषको दाँजोमा महिलाले धेरै नै झुट बोल्ने तत्थ पनि यो अध्ययनले पत्ता लागेको हो । प्रिभिलेजु नामक बेलायती इन्स्युरेन्स कम्पनीको आर्थिक सहयोगमा झुटसम्बन्धी अनुसन्धान गरिएको हो ।
अनुसन्धानमा दुई हजार महिलापुरुषलाई विभिन्न प्रश्न गरिएको थियो । अध्ययनमा सहभागी भएका केही महिला पुरुषहरुले धेरै कम झुट बोेल्ने बताएका थिए भने केही महिलाले दिनको ३० पटक सम्म झुट बोल्ने गरेको बताएका थिए ।
७७ प्रतिशतले आफ्नो लागि भन्दा पनि अरुको लागि झुट बोल्ने गरेको बताएका थिए । सहभागीहरु मध्ये ६२ प्रतिशतले अरुलाई कुनै कुराको दुख नलागोस या नराम्रो महसुस नहोस भनी झुट बोल्ने बताएका थिए । सबैभन्दा बढी झुट बोलिने विषयमा जागिर, तलब वजन र उमेर रहेका छन् । अध्ययनले मानिसको उमेरसँगै झुट बोल्ने मात्रा पनि बढ्ने पनि बताएको छ
source osnepal
Advertisement