सिनाबुङ पहाडमा ज्वालामुखी फुट्यो (भिडियो सहित)
Advertisement

इन्डोनेसियाको पश्चिमी सुमात्रास्थित सिनाबुङ पहाडमा ज्वालामुखी फुटेको छ । बिहीबारबाट गाउँ नजिकैको सिनाबुङ पहाडमा बाक्लो धुवाँ र खरानीसहितको ज्वालामुखी फुटेपछि त्यसक्षेत्रका स्थानीयलाई अन्त सार्न थालिएको छ ।

ज्वालामुखी फुटेपछि निस्केको खरानी र ढुंगाको थुप्रो फैलिएर १.५ माइल परसम्म पुगेको छ । इन्डोनेसियन सरकारले ज्वालामुखीबाट जोगाउन सिनाबुङ आसपास ४ माइल दक्षिणपूर्वसम्मका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ ।

ज्वालामुखी फुटेको दुई दिनमै सिनाबुङ नजिकका करिब २७ सय बासिन्दालाई सुरक्षित स्थानमा सारिसकिएको छ ।

दुई हजार चार सय ६० मिटर अग्लो सिनाबुङ पहाडबाट सन् २०१३ मा पनि ज्वालामुखी फुटेको थियो । त्यो बेला फुटेको ज्वालामुखीले २ माइल परसम्मको आकाशको क्षेत्र कुहिरीमण्डल भएको थियो ।

सिनाबुङसहित इन्डोनेसियामा कम्तिमा एक सय ३० वटा सक्रिय ज्वालामुखी रहेका छन् । चार वर्षअघि पत्ता लागेको सिनाबुङ पहाडको ज्वालामुखी सन् २०१० बाट सक्रिय भएको हो । गत वर्ष निस्केको ज्वालामुखीले यहाँ १७ जना मानिसको ज्यान लिएको थियो ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...