News
»
भोलि अनौठो दिन, संसार नै रोकिने एकछिन
भोलि अनौठो दिन, संसार नै रोकिने एकछिन
असार १४, न्यूयोर्क । यस वर्षको जुन ३० अन्य महिना र दिनहरुभन्दा लामो हुनेछ । अमेरिकी स्पेस एजेन्सी नासाका वैज्ञानिकहरुले लीप सेकेण्ड अर्थात् अतिरिक्त सेकेण्ड जोडिने कारणले यस वर्षको जून ३० लामो दिन बन्ने भएको दावी गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको घुम्ने प्रक्रिया ढिलो हूँदै गईरहेको छ । जसलाई लिप सेकेण्ड अर्थात अतिरिक्त सेकेण्डमा गनिन्छ । jun कोअर्डिनेटिङ युनिभर्सल टाईम (युटीसी) का अनुसार एकदिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छ । युटीसी अटोमेटीक भएकाले एक सेकेण्ड अवधि सीसिएमको एटम्समा हुने पूर्वानुमानित ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सको अनुशार मापन गरिन्छ । पृथ्वीको गतिमा समय निर्भर ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सलाई धैरै विश्वसनिय मानिन्छ । सिसीयम घडीले १४ लाख वर्षसम्म एक एक सेकेण्डको तत्काल भविष्यवाण्ी गर्नसक्ने क्षमता राख्दछ । पृथ्वीको गतिमा लाग्ने समय अनुसार नै एक दिनको औसत लम्बाई निर्भर हुने गर्छ । सामान्यतया पृथ्वी एक पटक घुम्न ८ करोड ६४ लाख सेकेण्ड समय समय लाग्छ । वैज्ञानिकहरुका अनुशार सन् १८२० पछिका दिनहरु ८६ हजार ४ सय सेकेण्ड भन्दा बढि समयका छैनन् । सोही आधारमा ३० जुनको ११ बजेर ५९ मिनेट, ५९ सेकेण्ड युटीसीमा एक अतिरिक्त सेकेण्ड जोडिदैं छ । स्रोत : अनलाइन पत्रिका
प्रतिक्रिया दिनुहोस्...