भारतीय चर्चित मोडल नेपाली म्युजिक भिडियोमा (भिडियो हेर्नुहोस)
Advertisement

सन्दिप भट्ट चितवन, जेठ २६ – केही समयअघि सार्वजनिक भएको ‘सकिन यो मनलाई ढाँट्न’ बोलको गीत यतिबेला बजारमा चर्चामा छ । द रिबल क्रियसनले सार्बजनिक गरेको म्युजिक भिडियोमा भारतीय मोडलले अभिनय गरेकाले पनि सबैले रुचाएका छन् । विभिन्न पन्जाबी, हरियाणी गीत तथा टेलिफिल्महरुमा अभिनय गरिसकेकी भारतीय मोडल रोशनीले पहिलोपटक नेपाली भिडियो खेलेकी हुन् ।


राम सिटौलाको शब्द सङगीत रहेको यस गीत श्याम कार्कीको ‘२०१५’ एल्वममा समावेश छ । बिभोर पोखरेलले निर्देशन गरेको भिडियो मा जीवन थापाको सम्पादन र छायाँकंन एन्रिक्युरेलको छ । गायक सिटौलाको शव्द संगीत रहेको “सकिन यो मनलाई ढाँट्न” बोलको गीत मार्फत उनी गायकका रुपमा अघि आएका हुन् । सानै उमेरदेखि अभिनयमा रुचि राख्ने श्याम कार्की विगत केही समय देखी यसै क्षेत्रमा सक्रिय रहेका छन् । सूरुमा मोडेलको रुपमा यस क्षेत्रमा प्रवेश गरेका उनले पहिलो (मोडलको रुपमा) “पागलसरी” विवेक सिटौलाको गीतमा अभिनय गरेका थिए । त्यस लगतै उदित नारायणले आवाज दिएको तथा चर्चित संगितकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएर बोलको गीतमा चर्चित नायक आर्यन सिग्देलसंग उनीले पनि अभिनय गरेका थिए । तर पनि उनको इच्छा÷उदेश्य भने नेपाली संगीतको क्षेत्रमा गायक वन्ने नै थियो । जसको फलस्वरुप उनै श्याम कार्की अहिले आफ्नो “२०१५(दुई हजार पन्ध्र)” नामक एल्बम् लिएर वजारमा आएका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...