नायिका हर्षिका श्रेष्ठले भारतीय धनाढ्य मारवाडी संग बिबाह गरिन
Advertisement

नेपाली चलचित्रकी नायिका हर्षिका श्रेष्ठ आज बिबाह बन्धनमा बाँधिएकी छिन् । उनी आज कोलकत्ताका प्रसुन झुनझुनवालासँग बिबाह बन्धनमा बाँधिएकी हुन् । प्रसुन मारवाडी समुदाय र हषिर्का नेवारी समुदायको भएकाले बिबाहको शैली दुई परम्पराबाट गरिएको छ ।


नेपालमा बिहे गरेपछि हषिर्कालाई लिएर प्रसुन शुक्रबार भारत जानेछन् । भारतमा पनि उनीहरुले फेरि बिहे गर्नेछन् । यसकारण पनि प्रसुनले बाबु, आमा र दाइलाई मात्र जन्ती लिएर नायिका श्रेष्ठलाई लिन पुगेका थिए ।

काठमाण्डौको तिनकुनेको एक ब्याङ्केटमा बिहे भएको हो ।हर्षिकाले चलचित्रकर्मीका लागि आज बेलुकी नै सोही स्थानमा बिहे भोज दिदैछिन् । नेपाली चलचित्र क्षेत्रमा हर्षिकाको चर्चा चलचित्रमा गरेको अभिनयका कारण कमै मात्र भयो । उनले प्रसुनसँग बिहे गर्ने समाचार बाहिरिएपछि चलचित्रकर्मी पनि अचम्मित भएका थिए ।

करिब ८ महिना प्रेममा रहेपछि यी दुइले बिहे गरेका हुन् । भुकम्पपछि आफू एक्लो भएको र सो समयमा प्रसुनले साथ दिएको यी नायिकाको भनाई छ । प्रसुनले बिबाहको प्रस्ताव राख्दा परिवारसँग कुरा गर्नुहोस् भनेकी थिइन् उनले । यसपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । बिहेपछि पनि चलचित्रलाई निरन्तरता दिने र काम गर्न बाँकी चलचित्रको छायांकन सक्ने उनको योजना छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...