.पशुपतिमा मलमुत्र छर्किने पक्राउ यी महिला को हुन् ?
Advertisement

मिडिया एनपी, काठमाडौं, १३ असार । हिन्दूधर्मामाथि आक्रमण भइरहेको राजनीतिक वृत्तमै चर्चा भइरहेका बेला पशुपति क्षेत्र परिसरमा मानव मलमुत्र छर्किने एक महिला पक्राउ परेकी छिन् । महिला पक्राउ परेको गौशला प्रहरीका प्रहरी जवान शिव शर्माले जानकारी दिए पनि ती महिलाका बारेमा थप कुरा बताउन चाहेनन् ।
यद्यपी ती महिलाले छर्किएको मानव मलमुत्र हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, स्थानीयले भने ती महिलाले छर्किएको मानव मलमुत्रै भएको बताएका छन् । पक्राउ परेकी ती महिला आफू हिन्दू भएको र गौमाताको मुत्र चढाएको प्रहरीलाई वयान दिएकी श्रोतले भनेको छ ।

यस विषयमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डन बेखबर रहेका छन् । मिडिया एनपीले उनीसँग यस विषयमा जानकारी लिन खोज्दा आफूलाई जानकारी नभएकाले गौशला प्रहरीसँग बुझ्न भनेका थिए ।
विश्वभरका हिन्दूधर्मालम्वीहरुको आराध्य देव पशुपतिनाथमाथि भएको सार्वजनिक यो घट्नाले सबैलाई स्तब्ध बनाएको छ । भूकम्प पीडितहरुलाई वितरण गरिएको राहत सामाग्रीमा बाइबल बाँडिएको घट्ना सेलाउन नपाउँदै फेरि पशुपति क्षेत्रमा मलमुत्र छर्किएको घट्नाले हिन्दूधर्ममाथि धार्मिक आक्रमण भइरहेको तथ्य उजागर गरेको छ ।
ती महिलाको उद्देश्य के हो र कोबाट परिचालित भएकी हुने भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको श्रोतले बतायो
source medianp.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...