मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने, नेपालीको भाग खोसियो
Advertisement
बंगलादेशबाट १५ लाख कामदार लैजाने
नेपाली कामदार लैजाने विषयमा सरकारले बझेडा झिकेपछि मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लैजाने भएको छ । निशुल्क हवाइ टिकट र भिसा माग गर्दै सरकारले बखेडा झिकेपछि वंगलादेशले नेपालबाट कामदार नलैजाने निर्णय गरेको छ ।
मलेसियाका गृहमन्त्री डाटुक सेरी अहमद जाहिद हामिदीले तीन वर्षभित्रमा विभिन्न क्षेत्रमा आवश्यक पर्ने कामदारको माग पूर्ति गर्नका लागि यो निर्णय गरेको बताएका छन्। यस विषयमा जुलाई १७ पछि मलेसिया र बंगलादेशबीच ढाकामा सम्झौता गरिने उनले बताए।
मलेसियाको यो निर्णयले मलेसियामा नेपाली कामदारको माग शून्य हुनेछ।
यस प्रक्रियामा नयाँ र दक्ष कामदार मात्र ल्याइने र पुराना गैरकानुनी कामदारहरु हटाउने कार्यलाई भने निरन्तरता दिने पनि जाहिद हामिदीले बताए। बंगलादेश र मलेसियाका कामदारबीच साँस्कृतिक समस्या देखिएपछि सन् २००९ देखि मलेसियाले बंगलादेशी कामदारमा रोक लगाएको थियो।
यो रोकबाट नेपाली कामदारले प्राथमिकता पाउँदै गएका कारण नेपाललाई फाइदा भएको थियो। तर अब नेपालको आफ्नै निणर्यले गर्दा आफैँ घाटामा परेको छ।
Advertisement