शान्तिपुर्ण राष्ट्रको सूचीमा नेपाल ६२औं स्थानमा , दक्षिण एशियाली राष्ट्रमा नेपाल दोस्रो....
Advertisement

११ असार, काठमाडौं ।
इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले हालै गरेको अध्ययनले नेपाललाई शान्तिपुर्ण राष्ट्रको रुपमा देखाएको छ । १ सय ६२ राष्ट्रमा गरिएको अध्ययनको आधारमा नेपाल ६२ औँ स्थानमा रहेपनि यहाँ शान्तिको अवस्था तुलनात्मक रुपमा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ ।
ग्लोबल पिस इन्डेक्स २०१५ नाम दिइएको उक्त सर्वेक्षण प्रतिवेदनमा आइसल्यान्ड सबैभन्दा शान्तिपुर्ण देश मानिएको छ भने बुद्ध जन्मिएको देश नेपाल ६२ औँ स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्रमा नेपाल दोस्रो स्थानमा रहेको छ ।

nepal-map
दक्षिण एशियामा भुटान पहिलो स्थानमा छ भने अफगानिस्तान पुछारमा रहेको छ । शान्तिको आधारमा भारत १४३, पाकिस्तान १५४ र अफगानिस्तान १६० औं स्थानमा । यसैगरी छिमेकी राष्ट्र चीन १२४ ओं स्थानमा छ । हिंसा, आन्तरिक द्धन्द्ध लगायतलाई आधार माानेर संस्थाले यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
उत्कृष्ट दश मध्ये छ वटा यूरोपेली मुलुक रहेका छन । सर्वेक्षणले युरोपलार्ई सबैभन्दा शान्तिपुर्ण क्षेत्रको रुपमा चित्रण गरेको छ । यसैगरी विश्वकै शत्तिशाली राष्ट्र मानिने अमेरिकामा भने शान्तिको अवस्था त्यती सन्तोष जनक नरहेको भनिएको छ । अमेरिकी ९४ ओं स्थानमा रहेको छ । यसैगरी सिरियालाई सबै भन्दा बढी अशान्त राष्ट्र बताइएको छ । यो १६२ औं स्थानमा रहेको छ भने इराक १६१ औं मा छ । सर्वेक्षणले मध्यपुर्व र उत्तरी अफ्रिकालाई पनि सबैभन्दा बढी अशान्त क्षेत्रको रुपमा देखाएको छ ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...