अफ्रिकी महादेशमा अवस्थित नाइजरको सहारा मरुभूमिमा एउटा अनौठो जातिको बसोबास छ, जसमा महिलाहरूको शासन चल्छ भन्दा पनि फरक पर्दैन । इस्लामिक समुदायको यो जातिका महिलाले बिहेपछि पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् ।
Advertisement
अफ्रिकी महादेशमा अवस्थित नाइजरको सहारा मरुभूमिमा एउटा अनौठो जातिको बसोबास छ, जसमा महिलाहरूको शासन चल्छ भन्दा पनि फरक पर्दैन । यहाँको रीतिरिवाज र तौरतरिका संसारका अन्य मानव जातिको भन्दा नितान्त भिन्न छ । सयौँ वर्ष पुरानो यो जनजाति तुआरेगको नामबाट चिनिन्छ । इस्लामिक समुदायको यो जातिका महिलाले बिहेपछि पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् । उनीहरू साधारणतया बुर्का पनि लगाउँदैनन् । श्रीमान्सँग सम्बन्धविच्छेद भइहाल्यो भने सारा सम्पत्ति महिलाले नै राख्न पाउँछन् । सम्बन्धविच्छेदपछि अभिभावकको तर्फबाट पार्टी नै पाउँछन् । एउटा आम समाजभन्दा उल्टो यहाँ महिलाहरूको दबदबा हुन्छ । यो जातिमा पुरुष अधिकांश समय अनुहार ढाक्ने गर्छन् । महिलालाई बिहेअघि केटा साथी राख्ने स्वतन्त्रता हुन्छ । त्यसक्रममा पुरुषहरू महिलालाई भेट्न उनीहरूकै घरमा जान्छन् । यस्तो हुँदा पनि घरका सदस्यले खासै वास्ता गर्दैनन् । महिलाहरू सामान्यतया २० वर्षभन्दा कम उमरेमा बिहे गर्दैनन् । source:nayapatrica
Advertisement