.अभिनेत्री प्रीतिले रुँदै भनिन् -खुल्लमखुल्ला यौन दुर्ब्यवहार हुँदा पनि कोही बचाउँन आएन
Advertisement
कुविक एनपी न्युज
बलिउड अभिनेत्री प्रिती जिन्टाले यौनजन्य आक्रमण गरेको भन्दै उजुरी दिएपछि प्रितीका पूर्वप्रेमी एवं ब्यवसायी नेस बादिया पक्राउ पर्ने सम्भावना बढेको छ । भारतको राष्ट्रिय महिला आयोगले पनि यो मुद्धालाई गम्भिर भन्दै जाँच गर्ने निर्णय गरेको छ ।
यसैबीच प्रती जिन्टाले शनिबार यो विषयमा सार्वजनिक अभिब्यक्ति दिएकी छिन् । आँखाभरी आँशु पार्दै प्रितीले आफूमाथि सार्वजनिकस्थलमा यौन जन्य आक्रमण हुँदा पनि कोही बचाउँन नआएको बरु आफ्नो चरित्रमाथि नै प्रश्न उठाउन खोजिएको भन्दै उनले आक्रोश ब्यक्त गरिन् ।
मुम्बइको वान्खाडे रंगशालाभित्र वादियाले आफूलाई यौनिक आक्रमण गरेको र धम्की दिएको आरोप प्रीतिले लगाएकी छिन् । वादियाले मे ३० मा वान्खाडे रंगशालाभित्र यौन दुर्यव्यवहार गरेको आरोप उनले लगाएकी हुन् । मे ३० मा प्रीतिको टिम पञ्जाव र चेन्नाइ सुपर किङ्ग्सबीच खेल भएको थियो ।
उता आरोपित बादिया भने प्रितीले लगाएको आरोपले आफू अचम्मित भएको बताएका छन् । आफूमाथि लागेका आरोप आधारहिन भएको उनको भनाइ छ ।
रंगशालामा कुनै त्यस्तो घटना नभएको उनको दावी छ ।
प्रीति जिन्टा र वादियाको प्रेम सम्बन्ध केही समय अघि अन्त्य भएको थियो ।source quicknpnews
Advertisement