पत्नी एकै ठीक'
Advertisement
मुम्बई, जेष्ठ ३२ - पछिल्ला दिन सम्बन्धहरू कमजोर बन्दै गइरहेका छन् । कुलीन परिवारदेखि सेलिब्रिटीमा डिभोर्स फेसन नै जस्तो बनिरहेको छ । यी कुरा देख्दा बलिउड नायक रणवीर सिंहलाई पनि लाग्दो रहेछ, यो कलियुग हो ।
‘मलाई लाग्थ्यो, यो कलियुग हो,’ रणवीरले हालै एक कुराकानीमा आफ्ना भावना साटे, ‘मान्छेहरू सम्बन्ध गाँस्नमा भन्दा सिंगल रहँदै खुसी होलान् । विवाह भनेको फाल्तु कुरा हो ।’ तर यो धारणा उनको तीन वर्षअघिको हो । जुन बेलादेखि उनले प्रेमिकाका रूपमा दीपिका पादुकोणलाई पाए, जिन्दगीप्रतिको सोच नै बदलिएछ ।
‘तीन वर्षअघिसम्म त म वयष्क हुँ भन्ने पनि देखाउन चाहन्नथें, केटाकेटी नै हुनु उत्तम उपाय हो जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर अब जुलाईदेखि ३० को लाग्दै छु । हिजोआज मेरो सोच पूरै बदलिएको छ । अब परिपक्व भएको छु । कुनै बेला डिभोर्सका केस देख्दा सम्बन्ध, विवाह, परिवारप्रतिको सोच नै फरक थियो । तर अचेल मलाई विवाहमा पनि विश्वास बढेको छ । जिन्दगी कटाउन एउटै पत्नी काफी भएकोमा विश्वास लाग्न थालेको छ । अथवा, एक पत्नीव्रतमा विश्वास गर्न थालेको छु ।’
सार्वजनिक कार्यक्रममै रणवीर दीपिकासँग लहसिन बाँकी राख्दैनन् । ठट्टा गरिरहन रुचाउने रणवीर दीपिकासँग पनि मिडियासामु नै पनि रोमान्टिक भइदिन्छन् । तर दीपिका सार्वजनिक ठाउँ र कार्यक्रममा भने रिजर्भ नै बस्छिन् । ‘म बदमास छु । अलिकति हरामी पनि । कहिलेकाहीं त खराब हर्कत पनि गरिरहेको हुन्छु तर दीपिका छैनन्,’ रणवीरले आफूलाई खराब देखाएरै भए पनि प्रेमिकाको बचाउमा लागे । थपे, ‘म अलि बोलक्कड छु तर उनी छैनन् । मलाई सबैका अघि पनि दीपिकासँग जिस्किन सहज नै लाग्छ । त्यसबेला म मेरै विवेकले चल्छु । तर पछि दीपिकाको रिस पनि सुन्न त पर्छ नै ।’
फिल्म ‘राम–लीला’ पछि भने रणवीर र दीपिकाको अनस्क्रिन जोडी अफस्क्रिनमा झन् जम्यो । कुनैबेला रणवीर कपुरको प्रेममा पागल बनेकी दीपिकाका लागि हिजोआज रणवीर पर्फेक्ट बन्दै गएका छन् । सफलताको स्वाद चाखेको पछिल्लो फिल्म ‘दिल धडक्ने दो’ मा पनि दुवैले अभिनय गरेका छन् तर जोडीका रूपमा भने छैनन् । बरु क्रिसमसको एक साताअघि रिलिज हुन लागेको फिल्म ‘बाजिराव मस्तानी’ मा भने रणवीर–दीपिकाको जोडीलाई ‘राम–लीला’ कै निर्देशक सञ्जयलीला भन्सालीले दोहोर्याएका छन् । आफूलाई परिपक्व महसुस गर्दै गएका रणवीरले दीपिकालाई कहिले बिहे गर्छन् भन्ने चाहिँ बताइसकेका छैनन् ।source .ekantipur.
Advertisement