नेपाली युवामा फेसन बन्दैछ पेस्तोल !
Advertisement

१६ असार, काठमाडौं ।

७ जेठ : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरूबाट एक पेस्तोल बरामद
जेठ २७ गते : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरुबाट एक पेस्तोल बरामद ।
५ असार : भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका वेगबहादुर तामाङ, सम्राट राई, सुनील तामाङ र सन्देश तामाङ दुईवटा अत्याधुनिक पेस्तोलसहित पक्राउ
१४ असार : ककनीबाट निजी कारमा काठमाडौं फर्कंदै गरेका चार युवक गोलढुंगामा पेस्तोलसहित पक्राउ । पाँचवटा गोली लोड भएको पेस्तोल जयबहादुर रोकायले कम्मरमै भिरेका थिए ।
राजधानीमा साना हतियार बरामदका पछिल्ला घटना हुन् यी । यसले साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ भन्ने देखाएको छ । केहीले आपराधिक उद्देश्यले पेस्तोल बोक्ने भए पनि केही युवाले भने फेसनका रूपमा पेस्तोल राख्न थालेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
साना हतियारप्रति भर्खरै गुन्डागर्दीमा लागेकाहरू, ठेकेदार, दलका कार्यकर्ता र अवैध काम गर्नेको मोह बढेको छ । पुराना गुन्डाले भने हतियार लुकाएर राखेको प्रहरीको सूचना छ ।source:tazakhabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...