भर्खरै पाकिस्तानमा शक्तिशाली भूकम्प गएयो
Advertisement
इस्लामाबाद: पूर्वी र उत्तरपश्चिमी पाकिस्तानमा मङ्गलबार भूकम्प गएको अधिकारीले जानकारी दिएका छन् ।
सो भूकम्प ५.७ रेक्टर स्केलको मापन गरिएको बताइएको छ ।
सो भूकम्प स्थानीय समयाअनुसार मङ्गलबार बिहान ३:०७ मा गएको जनाइएको छ ।
पाकिस्तानको मौसम विज्ञान सम्बन्धी विभाग पीएमडी का अनसुार सो भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजीकिस्तानको सीमाक्षेत्रमा रहेको जनाइएको छ ।
स्थानीय टेलिभिजन च्यानल जिओकाअनुसार सो भूकम्पको कारण पूर्वी पञ्जाव, उत्तरपश्चिमी खैबर पाख्तुन्ख्वा प्रान्त र प्रान्तीय राजधानी इस्लामाबाद प्रभावित भएका छन् ।
भूकम्पको कारण नागरिकहरूमा त्रास उत्पन्न भएको जनाइएको छ । यद्यपि सो भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।
source .annapurnapost
Advertisement