सशस्त्र प्रहरीले अब अपराधी पक्राउ गर्न पाउने
Advertisement

काठमाडौं, आषाढ १५ । सशस्त्र प्रहरी बललाई पनि पक्राउको अधिकार दिने नियमावली मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।

संसद्को राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगो नलगाएसम्म निर्णय नगर्न दिएको निर्देशन विपरित विधेयक समितिले नियमावली संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्ले समितिलाई अन्तिम निर्णय गर्ने अधिकार दिएको थियो ।
अब समितिले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले आशंकित व्यक्तिलाई सूचना दिएर पक्राउ गर्न सक्नेछ ।
समितिले गृहमन्त्रालयबाट प्रस्तावित सशस्त्र प्रहरी नियमावली २०७२ लाई परिमार्जनसहित अनुमोदन गरेको हो ।
यसअघि पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई मात्र थियो ।
गृहले प्रस्ताव गरेको नियमावलीमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा सशस्त्र प्रहरी अधिकृतले पक्राउ पूर्जी नै बोकेर जाने व्यवस्था थियो ।
समितिबाट पारित नियमावलीमा भने सशस्त्र प्रहरी बलले लिखित सूचना दिएर पक्राउ गर्न सक्ने व्यवस्था राखिएको बताइएको छ ।source:rasasa



Advertisement



प्रतिक्रिया दिनुहोस्...