अमेरिकामा श्रीकृष्णलाई ‘अमर तारा’ सम्मान
Advertisement

स्वेताले भनिन्-'पैसाले हुने भए म मेरो पतीलाई बचाउँथे'
२०७२ असार ६ गते
विजय थापा, वासिंगटन डीसी


अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा चलचित्र ‘कोहिनुर’ देखाइएको छ । सोही कार्यक्रममा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधीबाट सम्मान पनि गरिएको छ ।
श्रेष्ठलाई प्रदान गरिएको सम्मान उनकी धर्मपत्नी नायिका स्वेता खड्कालाई नेपाली राजदुत अर्जुन कुमार कार्कीले हस्तान्तरण गरेका थिए । रंगमञ्चसँगै चलचित्र क्षेत्रमा श्रीकृष्णले पुर्‍याएको योगदानको कदर गर्दै ‘अमर तारा’ सम्मान प्रदान गरिएको हो ।
अमेरिकामा स्थापना गरिएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई यो सम्मान प्रदान गरेको हो । चलचित्र सुरु हुनु अगाडि नायिका स्वेता खड्काले भावुक मुद्रामा भनिन्-‘पैसाको घमण्ड मानिसमा हुन्छ ।
तर, यदि पैसाले नै हुने भएको भए म आफ्नो पतीलाई बचाउन सक्थे । यसैले पैसाले केही हुँदैन । म चलचित्रबाट  उठेको रकम नेपालका भूकम्प पीडितलाई दिने घोषणा गर्दछु ।’ सफल चलचित्र ‘कोहिनुर’ नायिका स्वेता खड्काले दर्शकसँगै बसेर हेरेकी थिइन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...