हङकङ आईडी वाली भन्दै डेढ वर्षभित्रमा तीनजना पुरुषसँग विवाह गर्ने युवती अन्मीनु अघि पक्राउ
Advertisement

धनकुटा ।
हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन्। मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार निशाले धरानको मन्दिरमा फू लमाला गरी विक्रमलाई धनकुटाको खोकु गाविसस्थित पहिलो पतिका घरमा जन्ती लिएर आउन भनेकी थिइन्।आफूसँग हङकङको आईडी रहेको भन्दै निशाले यसअघि धनकुटा खोकु २ का २४ वर्षीय धनेन्द्र राई र जिल्लाकै बूढीमोरङ ९ का सन्तोष लिम्बूसँग बिहे गरिसकेकी थिइन्।

पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए। धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो।
पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो। विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको छ।

बूढीमोरङ गाविस कार्यालयको विवाह दर्ता प्रमाणपत्रमा थर लिम्बू र ठेगाना सोही गाविस ४ रहेको प्रहरी नायबउपरीक्षक ध्रुव राउतले बताए। हङकङ जाने प्रलोभनमा तेस्रो पति बन्न तयार मलेसियामा कार्यरत विक्रम मासिक ६० हजार रुपैयाँ तलब पाउने जागिर माया मारेर विवाहका लागि नेपाल आएका थिए। उनीहरूले जेठ ३ गते नै मन्दिरमा सिन्दुरपोते गरेका थिए।
हङकङ जाने प्रलोभनमा परेका विक्रमले एक सन्तानकी आमा रहेकी जेठी पत्नीलाई आठ लाख ५० हजार रुपैयाँ दिएर सम्बन्धविच्छेद गरेका थिए। उनी अहिले पछुताउन थालेका छन्।

पहिलो पति धनेन्द्रले बारम्बार पत्नीलाई लाखौं रुपैयाँ दिँदा पनि हङकङ जान नपाएकाले पिछा गर्दै गएर धरानस्थित प्रहरी कार्यालयमा उजुरी गरेपछि निशाका बहुपति रहेको खुलासा भएको प्रहरीले जनाएको छ।  पीडित बनेका तीनैजनाले निशाले आफू माइत गएको नक्कल गर्दै अलगअलग पतिलाई भेट्ने गरेको बताएका छन्।

धनेन्द्रको उजुरीपछि निशाका दोस्रा र तेस्रा पति विक्रम राई र सन्तोष लिम्बूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

औपचारिक रूपमा धुमधाम विवाह गर्ने तयारीमा रहेका विक्रमले पश्चाताप गर्दै भने, मलाई त सपनाजस्तो लागिरहेको छ।  हङकङ जान पाउने लोभमा मलेसियाको जागिर पनि छोडेर नेपाल आएँ। श्रीमतीलाई पनि बिदा दिएँ। अब घर पनि कुन मुख लिएर जानू। बिनाकारण प्रहरी खोरमा बस्नुपर्‍यो।

विक्रम राईले विवाह भोजको निम्तो पनि बाँडिसकेका थिए। उनले लत्ताकपडा किन्न धरान जाँदा आफूहरू पक्राउ परेको बताए। उनले भने, निशा अर्काकी श्रीमती हो भन्ने मलाई थाहा थिएन।

फेसबुकमा चिनजान भएकी युवतीसँग घरजम गर्ने तयारीमा रहेका विक्रम त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जब हुनेवाला दुलही र अर्का युवक सँगै पक्राउ परे। धनेन्द्रसँग बिहे गर्नुअघि निशाले आफू स्टाफ नर्स अध्ययनरत रहेको र केही समयलगत्तै हङकङ जाने बताएकी थिइन्। सन्तोष र निशाले फेसबुककै चिनजानकै आधारमा बिहे गरेका थिए।

बाबुलगायत आफन्त हङकङ बस्दै आएकाले बिहेपछि धनेन्द्रलाई पनि उतै लैजाने बताउँदै आएकी निशाले प्रक्रियाका लागि भन्दै पैसा मागेकी थिइन्। निशासँगको बिहेकै चक्करमा पहिलेकी पत्नीसँग छोडपत्र गरेका विक्रमले पनि एक लाख ५० हजार रुपैयाँ खर्चेको बताए। विक्रमले भने,पहिलेकीसँग घरबार चलेन।  विदेशबाट फर्केर बिहेकै तयारीमा थिएँ। अहिले थाहा पाएँ, म त फसेछु।,  निशाले शृंखलाबद्ध रूपमै बिहेको बहानामा युवकहरूलाई ठग्ने गरेको प्रहरीले जनाएको छ।

निशाले भने आफूलाई पत्नीका रूपमा उनीहरूले व्यवहार नगरेको बताइन्। उनले भनिन्, ुमलाई श्रीमतीका रूपमा हेरेनन्। गर्भसमेत फाल्न दबाब दिए। अन्नपूर्णपोस्टमा समाचार छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...