.खुल्ला रुपमा ठगि गर्दै म्यानपावर कम्पनीहरु , तीन महिना नवित्दै १० नेपाली स्वेदश फिर्ता फर्किएका छन् कीन त ....?
Advertisement
कामका लागी कतार गएका १० जना नेपाली युवाहरु स्वदेश नेपाल फर्किएका छन् । ३ महिना पहिले मात्रै रोजगारीका लागी कतार गएका उनीहरुले राम्रो काम र भनेअनुसार तलब नपाएको भन्दै स्वदेश फर्किएका हुन् । स्प्लेन्डिड जव सोलुसन प्रालि तिनकुनेबाट कतार आएका ४२ जना मध्ये १० जना स्वदेश फर्किएका तिमध्येका एक नेपाली गिरीबहादुर राईले बताए । नेपाल फर्कनेहरुमा गिरीबहादुर राई, दिवस राई, मन्तुल राई, सनज राई, अर्जुन बिसी, फुर्व घलान, कन्हैया गोसवाल, दुर्गा बाठा, प्रजित पौडेल, कृष्ण बहादुर सिंह छन । अन्य कामदारहरु केही दिनपछि नेपाल फर्कन लागेको गिरीबहादुर राईले जानकारी दिए । आफुहरुले भनेजस्तो गरी काम र तलव नपाएको भन्दै उनीहरु जेठ २५ गते नेपाली दुतावास कतारमा पुगेका थिए । दुतावासले कम्पनीको प्रतिनिधिलाई दुतावासमा बोलाएर समस्या समाधान गर्न भनेको थियो । त्यसको केहि दिनपछि कम्पनीले कामदारहरुको तलव दिएको राइले जानकारी दिए । म्यानपावरलाई पैसा बुझाएकाहरुले सिधै म्यानपावरमा भेटन र एजेन्टमार्फत आएकाहरुले एजेन्टलाई भेट्न भनेको छ । के कति रकम फिर्ता गर्छ थाहा छैन । उनीहरुले म्यानपावरलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपौयाँसम्म तिरेर कतार पुगेका थिए ।source onlineharpal
Advertisement