.अबैध रुपमा यौन धन्दा भईरहेको सुराकीका आधारमा छापा मार्दा चितवनमा ४९ जना पक्राउ
Advertisement


चितवन, १५ असार – चितवनको नारायणगढ र भरतपुर क्षेत्रका बिभिन्न होटलहरुमा प्रहरीले आज छापा मारेको छ । अबैध यौन धन्दा भईरहेको सुराकीका आधारमा छापा मार्दा ४९ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ५ जोडी श्रीमान–श्रीमती रहेको खुल्न आएपछि छाडीएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सहकुल बहादुर थापाले कालिका एफएमलाई जानकारी दिनुभयो ।

हुलमुलमा सबैले आँफुहरु श्रीमान–श्रीमती भएको जिकिर गरेका कारण बाध्य भएर बिवाहीतलाई पनि प्रहरी कार्यालयसम्म ल्याउनु परेको थापाले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पक्राउ गरीएका मध्ये महिला १७, पुरुष १२, होटल संचालक पुरुष ९ र होटल संचालक महिला १ जना छन् । पक्राउ परेका सबै २५ देखी ४२ बर्ष उमेर समुहका रहेको प्रहरी उपरिक्षक थापाले जनाउनुभयो । पक्राउ गरीएका मध्ये केहि अत्यन्तै आपत्तिजनक अवस्थामा रहेको बताईएको छ ।
श्रीमान–श्रीमती भएको पुष्टि भएका कारण छाडीएका ५ जोडी बाहेक अन्यका बारेमा आज रातभर हिरासतमा राखेर अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । अनुसन्धान पश्चात ब्यवसायीक यौनकर्मी र गैरब्यवसायीक छुट्याई उनिहरु बिरुद्ध कानुन अनुसार मुद्धा चलाईनेछ । यसैबीच होटल ब्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष ईमान्दु बरालले भनेँ प्रहरीको छापा मार्ने तरीकामा गंभिर आपत्ति जनाउनुभएको छ ।
होटलहरुमा बसेका मध्ये को सहि र को गलत भन्ने कुरा छुट्याएर मात्र पक्राउ गर्नुपर्नेमा प्रहरीले लापर्वाही र जवर्जस्ती गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । आजको घट्नामा पनि ५ जोडी श्रीमान–श्रीमती रहेको खुल्न आएकाले उनिहरुको मानहानीको क्षतिपुर्ती कस्ले दिने भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रहरीले नारायणगढ र भरतपुर क्षेत्रमा रहेका बिभिन्न होटलहरुमा छापा मारेपनि नाम चलेका र महंगा होटलहरुमा भने छापा मारेन । यसबारेमा प्रश्न गर्दा प्रहरी उपरिक्षक थापाले आज ति होटलहरुका बारेमा कुनै पनि सुराकी नआएकाले छापा नमारीएको जवाफ दिनुभयो ।source .osnepal

Advertisement



प्रतिक्रिया दिनुहोस्...