दैनिक नेपाल २०७२ असार १५ गते ७:३३
पाँचथर। नजिकको आफन्त पर्नेलाई बलात्कार
गरी फरार रहेरका एक युवक मृत अवस्थामा
फेला परेका छन्। १६ वर्षे एक युवतीलाई
बलात्कार गरेको आरोप लागेपछि प्रहरीले
खोजी गरीरहेका रानीगाँउ –१, आहालेका
१७ वर्षिय रोशन सम्बाहाफे मृत अवस्थामा
फेला परेका हुन्। बाहिरबाट थनिएको
ट्वाइलेट भित्र शंकास्पद अवस्थामा युवकको
शव भेटिएको हो।
घरमा एक्लै रहेको अवस्थामा बुधबार
रातीको समयमा आफूलाई ज्यान मार्ने
धम्की दिँदै जबरजस्ती करणी गरेको भन्दै
युवतीले बिहीबार जिल्ला प्रहरी
कार्यालयमा उजुरी दिएकी थिइन्। उक्त
घटना भएपछि त्यहाँबाट भागेको शंका
गरिएका सम्वाहाफे ट्वाईलेटमा मृत
अवस्थामा फेला परेको जिल्ला प्रहरी
कार्यालयका प्रहरी निरीक्षक रविराज
थपलियाले बताए ।
कोही नबस्ने घरको ट्वाइलेटमा
सम्वाहाफेको लास भेटिएको हो। ढोकामा
चाबी लगाइएको अवस्थामा भित्र
सम्बाहाम्फेको लास भेटिएको प्रहरीले
जानकारी दिएको छ। गाँउमा दुर्घन्ध
फैलिएपछि खोज्दै गर्दा ट्वाइलेटमा लास
देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका
थिए। मृतकको जिउँमा केही चोट नदेखिएको
प्रहरी जानकारी दिएको छ । मान्छे छिर्न
सक्ने भेण्टिलेसन भएकाले त्यहाँबाट युवक
पसेको हो कि ? भन्ने शंका गरीए पनि कसरी
मृत्यु भएको हो भन्ने प्रहरीले भन्न सकिरहेको
छैन। सोमवार शवको जिल्ला अस्पताल
पाँचथरमा पोष्टमार्टम गरिएको छ ।
आफन्त पर्ने ती युवकले रातको समयमा
किताब दिने बाहानामा आएर जवरजस्ती
करणी गरेको युवतीले दिएको जायरीमा
उल्लेख छ । आमा र भाइ बाहिर भएको मौका
पारी युवकले जबरजस्ती गरेको युवती उल्लेख
गरेकी छिन्।
आफूमाथि यौन दुराचार भएको भन्दै
छिमेकीलाई खबर गरेपछि स्थानीयहरु भेला
भएका थिए। मार्ने धम्की दिएर जबरजस्ती
गरेको जाहेरीमा उलेख्ख छ। उजुरी दिन
बिहीबार फिदिम आएकी युवती यहीँ छन्।
मृतक युवकको शरिरमा चोट नदेखिएको,
कम्बरमा खुकुरी बाँधेको र मोवाइल छेवैमा
भेटिएको निरीक्षक थपलियाले बताए।
युवकको के भएर ज्यान गएको हो भन्ने बारे
प्रहरीले अनुसन्धान अघि बढाएको छ।
लाश कुहिने अवस्था पुगेकाले अनुसन्धानका
लागि जटिलता उत्पन्न हुन सक्ने प्रहरीको
भनाइ छ। आजको नागरिक दैनिकमा
समाचार छ ।
Advertisement