News
»
.दाजुले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि ,बिष पिए
.दाजुले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि ,बिष पिए
भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको एक गाउँमा शनिबार बिहान एक प्रेम जोडी विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् ।
उनीहरु दुवैको गम्भीर अवस्थामा छतरपुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।यस्तो छ पुरै घटनाक्रम मूलचन्द कुशवाह (२१) र उनका मामाकी छोरी राजकुमारी (१९) बीच करिब २ वर्षदेखि प्रेम चलिरहेको थियो । मूलचन्द्र छतरपुरदेखि करिब १५ किलोमिटर टाढा मऊसहानियामा बस्थे । राजकुमारी त्यहाँभन्दा करिब ८० किलोमिटरको दुरीमा उत्तरप्रदेशको दूर चरखारी भन्ने स्थानमा बस्थिन् । शुक्रबार राजकुमारी मुलचन्द्रको घरमा आएकी थिइन् । उनीहरु शनिबार बिहानै घरबाट निस्किएर घुम्नका लागि भन्दै म्युजियमतर्फ गएका थिए । उनीहरु दुवै जनाले म्युजियमको पछि बसेर संगै जिउने मर्ने कसम खाए । मुलचन्द्रले राजकुमारीको माग अनुसार उनको सिउँदो भरे । दुवैजनाले आफ्ना हातमा एक अर्काको नाम लेखे । तर उनीहरु एक अर्काबीचको पारिवारिक सम्बन्ध र विवाहलाई लिएर चिन्तित थिए । दुवै जनाले भावनामा बगेर बिष खाए । सोही स्थानमा रहेका मानिसहरुले मुलचन्द्रको परिवारलाई जानकारी दिएपछि बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । उनीहरु दुवै जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।source taja khabar
प्रतिक्रिया दिनुहोस्...