.इजरायलमा शक्तिशाली भुकम्प..........
Advertisement
इजरायलमा पनि भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिवार साँझ ६ बजेर ३४ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको गएको अमेरिकन जियोलोजिकल सर्वेक्षण विभागले जनाएको छ ।
एलातसिटी नजिकै रहेको किवुजका बासिन्दाहरुका अनुसार भुकम्प जानुअघि फार्ममा रहेका गाईहरु वेचैन भएर केही वेर कराएका थिए । भुकम्पका कारण कुनै पनि क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।
त्यस्तै भुकम्पको इजिप्टको राजधानी कायरोमा पनि शक्तिशाली धक्का महसुस गरिएको छ भने जोर्डनको अक्वा क्षेत्रमा पनि धक्का महसुस भएको छ । त्यहाँका बहासिन्दाहरु घर छोडेर खुल्ला स्थानमा निस्किएको बताइएको छ ।
इजरायली संचार माध्यमहरुका अनुसार आज केन्द्रविन्दु वनाएर भुकम्प गएको सो भेगलाई नै केन्द्रविन्दु वनाएर सन् १९०० पछि हालसम्म ६ देखि ७ रेक्टरस्केलसम्मका ३ वटा भुकम्पहरु गइसकेका छन् ।source nponlinesansaar
Advertisement