नेपालको रिचार्ज कार्डले कोरियामा कमाइ
Advertisement
९ असार, दक्षिण कोरिया । रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवा नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड बिक्री गरी आकर्षक कमाइ गरिरहेका छन् । धादिङका बलराम सिलवालले कार्ड बिक्रीबाट मासिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका हुन् । सिलवालले रोजगाका अतिरिक्त कार्ड खरिद बिक्रीबाट राम्रो कमाइ गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामका लागि कोरिया आएका सिलवालले नेपाली युवालाई रिचार्ज कार्ड बेच्दै आएका छन् ।
रिचार्ज कार्ड खरिदका लागि सुरुमा पाँच लाख वनबाट कारोबार सुरु गरेका उनले हाल सातामा ८० लाख वन बराबरको कार्ड खरिद खरिदबिक्री गरिरहेको बताए । नेपाली युवाले कोरियामा उनीसँग खरिद गरेका कार्ड नेपालमा आफन्तलाई रिचार्ज गर्ने गरेका छन् ।कोरियाबाट नेपालमा गरिने कल महसुल दरभन्दा नेपालबाट कोरिया कल गर्दा धेरै सस्तो हुनाले युवाले कार्ड खरिद गरि नेपालमा रिचार्ज गरेर फोन गर्न लगाउने गरेका छन् ।source taja-onlinesamachar
Advertisement