रजश्वलाका बेला हुने दुखाईलाई यसरी कम गर्नुहोस् ...जानी राखौ
Advertisement
काठमाडौँ । महिनावारी वा रजश्वला जे भने पनि यो प्राकृतिक नियम हो । तर यो प्राकृतिक तालीकाले कुनै युवतीलाई ज्यानै लिने गरी पेट दुखाएका कारण उनीहरुले त्यो दिनको स्मरण नै गर्न चाहँदैनन् । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने तपाइहामीले हाम्रै घरपपरिवारका दिदी बहिनी र आफन्तहरुमा देख्दै भोग्दै आएकै छौँ ।महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । महिलाले महिनावारी हुँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ ।
पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानाले पनि पिडा निको हुनसक्छ । त्यस्तै एक कप पानीमा अदुवालाई काटेर उमालेर खाँदा यसले केही सहजता थप्छ । तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ । त्यस्तै विभिन्न किसिमका व्यायामले पनी युवतीको दुखाईलाई कम गर्ने काम गर्दछ ।source taja-onlinesamachar
Advertisement