अन्तर्राष्ट्रिय विमानस्थल फेरि बन्द
Advertisement

काठमाडौं । पटक पटक अवरुद्ध हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज पुनः अबरुद्ध भएको छ ।
धावन मार्गमा मर्मत गर्नुपर्ने भन्दै विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडान रोकेको हो ।
शुक्रबार बिहान सात बजेपछि कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यो क्रम दश बे सम्म रहने र मर्मत नभ्याइए अझै केही समय थपीने विमानस्थल स्रोतले बताएको छ ।
अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकीए पनि आन्तरीक उडान भने सुचारु रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान रोकीएपछि विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । स्रोत :नेपाल सन्देश



Advertisement



प्रतिक्रिया दिनुहोस्...