.रत्नपार्कमा महिलासँग चिनजान हुँदा.......!
Advertisement
काठमाडौं, ५ असार । काठमाडौंको रत्नपार्कलाई नेपालकै ‘रेड एरिया’ भन्ने गरिन्छ । जहाँ यौनकर्मीको विगविगी हुन्छ । यौन वार्गेनिङ, मोलमोलाई पनि त्यही नै हुन्छ । नयाँ नयाँ महिलासँग चिनजान बढाउने थलो पनि रत्नपार्क नै हो ।
त्यही चिनजानका आधारमा भएको शारीरिक सम्पर्क बलात्कारमा परिणत भएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएका काभ्रे घर भएका लीलानाथ तिमल्सिना रत्नपार्कमा महिलासँग चिनजान हुँदा प्रहरी फन्दामा परेका छन् त्यो पनि बलात्कारको घटनामा । भूकम्पका कारण काठमाडौंको खुलामञ्चको त्रिपालमा बस्दै आएकी रत्नपार्कमा चिनजान भएकी महिलालाई बलात्कार गरेको आरोपमा तिमल्सिनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
जेठ २३ गते खुलामञ्चको त्रिपालमुनी आफूमाथि बलात्कार भएको भन्दै महिलाले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । तर, उनले महिलालाई बलात्कार नगरेको प्रहरीलाई बताएका छन् । यता प्रहरीले महिलाको उजुरीको आधारमा कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ । प्रहरीका अनुसार रत्नपार्कमा चिनजानको एक चियापसलमा चिया पिउन जाँदा महिलासँग तिमल्सिनाको परिचय भएको थियो । प्रहरीले जाहेरी दर्ता गरेर तिमल्सिनाविरुद्ध जवरजस्तीकरणी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छsource eonlynpatrika
Advertisement