अर्जुन रामपाल पनि डिभोर्स बयो...
Advertisement
ओएस् नेपाल ,काठमाडौँ ,असार ५ । बलिउडमा लामो समयदेखि एकसाथ बस्दै आएका कलाकारका जोडी धमाधम सम्बन्ध बिच्छेद गर्दैछन् । नायक ऋतिक रोशनले पत्नी सुजनसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । यसको कारण नायक अर्जुन रामपाल रहेको बताइन्छ । तर, अर्जुनले यो कुरा स्विकार गरेका छैनन् ।
ऋतिकको चर्चा सेलाउन नपाउँदै अब नायक अर्जुन रामपाल पनि श्रीमतीसँग अलग हुन लागेको खबर भारतीय चर्चित पत्रिका ‘मुम्बई मिरर’ले छापेको छ । अर्जुनकी श्रीमती मेहर अहिले वकिल मृणालिनीको सम्पर्कमा छिन् । उनी अर्जुनसँग डिभोर्सको बारेमा छलफलमा रहेको पत्रिकाले जनाएको छ ।
यो जोडीले आपसी सहमतीमा डिभोर्स गर्न सक्ने संभावना रहेको पत्रिकाले उल्लेख गरेको छ । अर्जुनले सन् १९९९ मा पूर्व मिस वल्र्ड एवं मोडल मेहर जेसियासँग बिबाह गरेका थिए । उनीहरुको २ छोरी छन् ।
अर्जुनले आफू र मेहरको सम्बन्ध अलग हुन लागेको हल्लालाई खण्डन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । तर, ऋतिक पत्नी सुजनसँग नजिक भएपछि अर्जुन र मेहरको सम्बन्धमा दरार आएको खबर मिडियामा कुनै समय चर्चित थियो ।
source osnepal.
Advertisement