News
»
'अब पुरूष पनि बलात्कार हुन थाले, डिएसपीले गरे प्रहरी जवानलाई बलात्कार
'अब पुरूष पनि बलात्कार हुन थाले, डिएसपीले गरे प्रहरी जवानलाई बलात्कार
असार १४, काठमाडौं। बालिका र किशोरी बलात्कार भएका घटना त प्रायः दैनिक नै संचार माध्यममा आउने गरेका छन् ।
पुरुषले महिलालाई बलात्कार गरेको घटनामात्र प्रकाशमा आउने गरेका छन् । तर, पुरुषबाट पुरुष नै बलात्कारको सिकार भएको घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निक्कै चर्चा पाएको छ । घटना २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको केही दिनपछिको हो । महाशाखामा भर्खरै सरुवा भएका तराईका आदिवासी समुदायका एक प्रहरी जवान राती ९ बजे मुद्दा शाखामैं एक डिएसपीको बलात्कारको शिकार भएका हुन् । स्रोतका अनुसार मदिराले मदहोस् भएका ती डिएसपीले ती सिपाहीलाई आधा घण्टासम्म समलैंगिक बलात्कार गरेको खुल्न आएको छ । मदिरामा लठ्ठ भएका आफ्नै पुरुष हाकिमको बलात्कारको सिकार भएका ती जवानले महाशाखा प्रमुख सुवेदार मेजेर धमेन्द्र रावलसँग रुँदै गुनासो गरेका हुन् । हाकिमले मदिराको नसामा बलात्कार गर्दा मलद्धारमा घाउ नै भएको उनले बिलौना गरेका छन् । यो घटना महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दसमक्ष नपुगी ढिसमिस पारिएको गुनासो छ । साँघु साप्ताहिकबाट साभार
प्रतिक्रिया दिनुहोस्...