नझुक्किनुस् यी खेलौना होइनन्, साँच्चीकै युवती
Advertisement
तस्वीरहरु हेर्दा महिलाका लत्ताकपडा बेच्ने पसलमा विभिन्न पहिरनमा सिँगारिएका प्लास्टिकका महिला मूर्ति जस्ता लाग्छन् । तर यी कुनै प्लास्टिकका मूर्ति होइनन्, साँच्चीकै युवतीका तस्वीर हुन् । हेर्दा ठ्याक्कै खेलौना वा पुतली जस्तो लाग्ने जिउडाल भएकी यी विश्वचर्चित युक्रेनी मोडेलको नाम हो भ्यालेरिया लुक्यानोभा । उनको अनौठो स्वरुपकै कारण उनले ह्युमन बार्बीको उपमा पाएकी छिन् ।
आफुले साँच्चीकै लडाकु महिलाको जस्तो जिउ बनाउन चाहेको भन्दै उनले आफ्नो जिउ ‘अमेजन वुमन’ कै जस्तो बनोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । गएको वर्ष आफ्नो घर बाहिर दुइजना पुरुषले आक्रमण गरेपछि उनलाई दुब्लोपातलो जिउ भएर काम नलाग्ने रहेछ भन्ने लागेछ क्यारे । सोही बेलादेखि यी २९ वर्षे मोडेलले जिउ बनाउने सोँच बनाएकी हुन् । उनका केही तस्वीर यस्ता छन् । source:onlinekhabar
Advertisement