.कन्निकालाई म बिबाहित र राजकुमार हो भन्ने थाहा थियो -पारस
Advertisement

पारस शाह र उनकी थाई प्रेमिकाको सामाजिक संजालमा अहिले जुहारी जस्तै सुरु भएको छ |केहि समय अघि उनले मेरो श्रीमान भन्दै पारसको फोटो फेसबुकमा राखेकी थिइन् |

त्यसको बिरोध भएपछी उनले आफुलाई पारस बिबाहित र नेपालको राजकुमार हो भनें थाहा नभएको बताएकी थिईन भने पारसले अहिले उनको त्यो कुराको खण्डन गर्दै ४ बर्ष संगै बस्दा बिबाहित र राजकुमार भन्ने थाहा नहुनु हास्यास्पद भएको बताएका छन |

विदेशी संचारमाध्यममा मेरा बारेमा पटक पटक समाचार आउँदा र ४ वर्ष सँगै बस्दा परिवारको बारेमा थाहा छैन भन्नुमा कुनै सत्यता छैन् |कन्निकाले पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको दाबी गर्दै भनेकी थिइन्, ‘नेपालमा कोहि पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्ने थाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’

हाल आएर सबै कुरा थाहा भएको र नेपाली जनतासँग माफी मागेको उनको भनाई थियो ।कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको मजाकको मात्र नभई सिधा केटी भएको बताएकी थिइन् ।

तर पारसले भने आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले समाचार आएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो सबै राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्ने उद्देश्यमात्रै हो ।’

पारस शाह नेपाल छोडेर थाईल्याण्ड बस्दा उनकी प्रेमिका कन्निका संगै बसेको र बीच बिचमा उनीहरु बीच सम्बन्धमा खटपट भएको थियो |अहिले उनि नेपाल आएपछि कन्निका सग त्यति सम्पर्कमा छैनन् |

 source .nepaljapan

Advertisement



प्रतिक्रिया दिनुहोस्...