.अमेरिकामा १ करोड ४० लाख व्यक्तिको संवेदनसिल डाटा ह्याक -
Advertisement

काठमाडौं, जेष्ठ ३० । अमेरिकी अधिकारीहरुले अमेरिकी गुप्तचर संयन्त्र र सेनासंग सम्बन्धित १ करोड ४० लाख व्यक्तिका संवेदनसिल डाटा चीनसंग जोडिएका ह्याकरहरुले ह्याक गरेको आशंका गरेका छन् ।
यस किसिमको ह्याकिङबाट अमेरिकी सुरक्षा अधिकारी र उनीहरुका परिवारलाई ब्ल्याकमेल गर्ने खतरा बढेको बताइएको छ ।

ह्याकरहरुले सुरक्षा क्लियरेन्सका लागि जम्मा गरिने दस्तावेजलाई निशाना बनाएका छन् ।
ह्वाइट हाउसले सरकारी कर्मचारी सम्बन्धी जानकारी ह्याक गरिएको अनुसन्धानकर्ताहरुलाई यकिन भएको उल्लेख गरेको छ ।
गत हप्ता पनि यस्तै ह्याकिङ सम्बन्धी सामाचार सार्वजनिक भएको थियो । चीनले भने यस्ता ह्याकिङमा आफुहरुको संलग्नता नभएको जिकिर गरेको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...