आज सबैभन्दा लामो दिन, दिननै १४ घण्टाको हुने
Advertisement

६ असार, काठमाडौं ।
आज यो बर्षकै लामो दिन हो । अँग्रेजी पात्रो अनुसार २१ जुन आज सबैभन्दा लामो दिन परेको हो ।


आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा लामो हुने गर्छ । सूर्योदय र सूर्यास्त समय अनुसार आज नेपालमा दिन मात्रै १४ घण्टाको हुने छ ।

आज बर्षकै लामो दिन भएपनि भोलिदेखि भने दिन छोटो र रात लामो हुँदै जान्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुन लामो दिन हनेगर्छ ।

डिसेम्बर २१ तारिखमा पृथ्वीमा सूर्यको प्रकाश कम पर्ने हुँदा यस दिन सबैभन्दा छोटो दिन भएपछि अन्तर्राष्ट्रिय समय अनुसार जुन २०, २१ या २२ तारिख मध्ये कुनै एकदिन लामो दिन पर्नेगरेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...