.कसले दु:खायो प्रियंका कार्कीको चित्त?
Advertisement

संचारमाध्यम छापिने विभिन्न गसिपका कारण 'सो बिजनेस'मा काम गर्ने कलाकारहरुले बेलाबेलामा हैरानी बेहोर्ने गरेका छन्। कतिपय अवस्थामा ती 'गसिप' सत्यका नजिक हुन्छन् त कतिपय अवस्था कोसौं टाढा। 'गसिप'  'फ्याक्ट'  र 'फिक्सन'को समिश्रण हो। कतिपय अवस्थामा तीनलाई 'हाडकोर' समाचारका रुपमा लिइदिँदा समस्या आएपर्ने गरेको छ।
अहिले नेपाली फिल्ममा सबैभन्दा व्यस्त र भ्याइनभ्याइको अवस्थामा रहेकी अभिनेत्री प्रियंका कार्की पनि 'गसिप'कै सिकार बनेकी छन्। उनीमाथी आरोप लाग्यो, ' प्रियंकाले कम्प पीडितलागि उठाएको पैसाले आफ्ना लागि गाडी किनिन।' केही अनलाइन समाचार पोर्टलहरुले सो कुरालाई प्राथमिक्ता दिदैँ गसिप लेखे। यध्यपी तीनका प्रकाशनमा त्यसको कुनै ठोस तथ्य भने खुलाइएको छैन्। सबै अनुमानका आधारमा लेखिएका छन्।
आफ्नो बारेमा यस किसिमका कुराहरु प्रकाशित भएपछि प्रियंकाले आफ्नो चित्त दुखेको भन्दै फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै असन्तुष्टी जनाएकी छन्। हाल सबैभन्दा व्यस्त रहेकी प्रियंकाको हातमा फिल्म, म्युजिक भिडियो, विज्ञापन तथा इन्डोर्समेन्ट प्रशस्तै छन्। देशविदेशका कार्यक्रममा पनि उनलाई उस्तै भ्याइनभ्याई छ। यी कामहरुबाटट प्रियंकाको कमाइ अन्य अभिनेत्रीका तुलनामा धेरै राम्रो छ। यस्तो अवस्थामा यस्ता प्रकाशनबाट प्रियंकालाई नराम्रो लाग्नु स्वाभिक नै हो।
यस सम्बन्धमा प्रियंकाले फेसबुकमा पोस्ट गरेको स्टाटस  यस्तो छ (सम्पादन गरिएको):
मेरो गाडीको विषयमा धेरै नाना थरी कुराहरु सुन्दै छु, पढ्दै छु। एकदम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुराहरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानू दुई दिन अगाडि गाडी घर भितराई सकेकी थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, २ दिन भित्रै बिनाशकारी भुकम्प आयो। त्यस पछि धेरै रात म त्यही गाडीमै सुतेकी पनि छु।
अब आयो यूकेको च्यारिटीको पैसा। त्यो पैसा अहिले सम्म हाम्रो यूकेको कार्यक्रम आयोजकहरुले नेपाल पठाउनु भएको छैन। हामी त्यहाँ हुँदा ५ वटा कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ।
तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर  नेपाल पठाउने भनेर त्यो पैसा अझै यूकेका आयोजकसँगै छ।  रहयो कुरा मेरो यूकेको कार्यक्रमको पारिश्रमिकको, यूकेको कार्यक्रम भुकम्प जानू २ महिना अगाडी फाइनल गरिएको थियो। ५ शो गरे बापत यति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्यस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियारजीले लिनुपर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।

म आज निकै दुख साथ यी कुराहरु लेख्दै छु। जती जे गर्न खोजे पनि हामी सधै नराम्रो हुँदो रहेछौ। यूकेबाट फर्क देखि मैले धेरै पटक गर्व साथ सेयर गरे कि हामीले ५ लाख उठायौ। के त्यो ५ लाखमा मेरो गाडी आयो होला त?? अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा यतिकै औंला उठाउने, आरोप लगाउने?
म पनि त सामान्य घर कि सामान्य चेली हुँ नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडी किन्दा, खुशी महसुस हुन्छ, साथी- भाइसँग, आफन्तहरुसँग, शुभचिन्तकहरुसँग खुशी सेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशीमा साथ दिनुहुन्छ, मलाई बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।
जुन दिन यूकेमा गरेको च्यारिटिको पैसा नेपाल आइपुग्छ, त्यो पैसा बोकेर "charity money" एउटा कागजमा ठूलो ठूलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाई विश्वास गराउन त्यही गर्नुपर्ने रहेछ। यहाँको चलन यही रहेछ।
र अब अन्तिममा मेरा असली शुभचिन्तकहरुलाई, अहिले मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकी छु, त्यसले शिर कहिले नझुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मविश्वास मिल्छ मलाई, म एक्लै छैन भन्ने आभास हुन्छ। तपाईहरुको विश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन।म आज यो कसम खान्छु ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...