पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले मुद्दा जितिन् -
Advertisement
काठमाडौं, ६ असार । सर्वोच्च अदालतले नेपाल ट्रष्टमा राखिएको छाउनीस्थित अर्बौं मूल्य पर्ने करिब १५ रोपनी जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका नाममा फिर्ता हुने गरी फैसला सुनाएको छ ।
आफ्नो विवाह हुँदा र दाइजो लिंदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाईजो बक्स पत्र सम्वन्धमा कुनै प्रश्न उठाउन नपाइने उल्लेख रहेको जिकिरसमेत उनले गरेकी थिइन्। अन्तरिम संविधान र अध्यादेश लागु हुनु भन्दा अघि नै आफ्नो हक भोग स्थापित भइसकेको दाबी प्रेरणाको थियो।
कित्ता नम्बर २५ को उक्त जग्गा काठमाडौं महानगरपालिकाको वडा नम्बर १३ (छाउनी) मा रहेको छ। अर्बौं रुपैयाँ पर्ने उक्त जग्गाको क्षेत्रफल ०७६६४.६० बर्गमीटर छ। ०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेपछि सरकारले वीरेन्द्र र उनको परिवारको सम्पत्ति नेपाल ट्रष्टमा ल्याउन सुरु गर्यो । त्यही क्रममा छाउनीको सो जग्गा वीरेन्द्रको भएको ठहर गर्दै मन्त्रिपरिषद ०६७ असोज ८ मा नेपाल ट्रष्टमा ल्याउने निर्णय गरेको थियो ।
- source medianp
Advertisement