नेपालमा पहिलो पटक तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बने
Advertisement
चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले केही दिनअघि मात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो ।
केही वर्षअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला रक्तश्राव भएर जीवन मरणको दोसाँधमा पुगेकी एक महिलालाई उनले उद्धार गरेको घटनाले तिनै जनालाई डाक्टर बन्न प्रेरित गरेको हो । उनीहरु भन्छन्, ‘हामीलाई केही गर्नकै लागि जन्माइएको हो, कर्णालीमा पुगेर सेवा दिन चाहन्छौं ।’ उनका बुबा शिवप्रसाद देवकोटाको पनि सोही चाहना छ । भन्छन्, ‘मैले पैसा रिटर्न गरुन् भनेर पढाएको होइन, सेवा गरुन् भन्ने चाहना छ । विदेश पलायन हुन दिन्नँ ।’ धेरै कुरामा समानता भएका उनीहरुको पढाइमा पनि खाशै अन्तर छैन । तर, एसएलसीसम्म कान्छा, प्लस टू मा माइला र एमबिबिएसमा जेठा थोरै नम्बरले अगाडि छन् ।स्वास्थ्यखबर डट कम बाट ।
Advertisement