रुकुममा ५ दशमलव ४ रेक्टर स्केलको यती ठुलो भूकम्प किन गयो ?
Advertisement

शनिबार 5 आषाढ,  2072
काठमाडौं, आषाढ ५ । बैशाख १२ को भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहँदा रुकुममा भूकम्प गएको छ ।

शनिबार (आज) साँझ ६ बजेर ८ मिनेटमा रुकुममा केन्द्रबिन्दु भएको ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महसुस छिमेकी जिल्लाहरुमासमेत भएको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् ।
भूकम्पको क्षतिबारे भने कुनै जानकारी प्राप्त भइसकेको छैन । १८ दिनअघि हुम्लामा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यता, बैशाख १२ को गोरखा भूकम्पपछिको पछिल्लो पराकम्पन बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङ्गको सीमानामा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको आएको थियो ।
स्रोत - इमेज खबर

Advertisement



प्रतिक्रिया दिनुहोस्...