‘पृथ्वी नयाँ चरणको भयानक संकटतर्फ, मानव अस्तित्व मेटिदै’
Advertisement
एजेन्सी । अमेरिकाका तीन विश्वविद्यालयले गरेको अध्ययनमा पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको र मानव जीवनको अस्तित्व मेटिने खतरा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
अध्ययनमा सबैभन्दा पहिले बिनाश हुने प्रजातिमा मानव रहेको औल्याइएको छ । पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिको जस्तै रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।
स्टेनफर्ट विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातिप्राप्त विश्वविद्यालयका अनुसन्धान प्रतिबेदनमा पृथ्वीमा सामान्यभन्दा ११४ गुणा छिटो गतिमा विनाश भइरहेको उल्लेख छ ।
यस्तै निश्कर्ष गत वर्ष ड्युक विश्वविद्यालयको प्रतिवेदनमा पनि निकालिएको बीबीसीले जनाएको छ ।
ताजा अध्ययन साइन्स एडभान्सेज जर्नलमा छापिएको छ । जसमा यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको जनाइएको छ ।
त्यसबेला पृथ्वी अत्याधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।
पछिल्लो रिपोर्टका अनुसार सन् १९०० देखि अहिलेसम्म पृथ्वीमा रहेको हाड भएका ४ सय प्रजातिका जनावरहरु लोप भइसकेका छन् ।
अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोसले अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्ने जनाएका छन् ।
इन्टरनेशनल युनियन फर कन्जभेसन अफ नेचरका अनुसार प्रत्येक वर्ष कम्तिमा पनि ५० प्रजातिका जनावरहरु लोप हुदै जानेछन् ।
Advertisement